शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का २ करोड ३८ लाख धरौटीमा रिहा

सिरहा- नक्कली बिल र स्टिकरको प्रयोग गरी राजस्व छली र तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका सिरहाको शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का धरौटीमा रिहा भएका छन् ।

आन्तरिक राजस्व कार्यालयले गोयन्कालाई दुई करोड ३८ लाख ५१ हजार ६३३ रुपैयाँ धरौटीसँगै हाजिरी जमानीमा रिहा गरेको हो ।

डिस्टिलरीको मदिरा भण्डारण गरेको माडरस्थित आशिष जनरल स्टोरका सञ्चालक ललनकुमार यादवलाई भने राजस्व कार्यालयले धरौटी जमानीमा शुक्रबार छाडिसकेको छ । यादवलाई २० लाख ८९ हजार रुपैयाँ धरौटी लिएर छाडिएको कार्यालयका प्रमुख पुण्य रिजालले जानकारी दिनुभयो । यादवको गोदामबाट त्यति नै रकमबराबरको अवैध मदिरा बरामद भएको थियो ।

सिरहाको शारदा डिस्टिलरीले अन्त:शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा बनाई अवैध रूपमा प्रयोग गरी राजस्व छली गरेको भन्दै प्रहरीले गोयन्कालाई अनुसन्धाका लागि पक्राउ गरेको थियो ।

राजस्व कार्यालयले दुई टुक्रा पारी लगाइएको मदिराका बोतलहरू नियन्त्रणमा लिँदै आशिष जनरल स्टोरका सञ्चालक ललनकुमार यादव र शारदा डिस्टिलरीका प्रतिनिधि लोकबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा राजस्व कार्यालयले शारदा डिस्टिलरीका सञ्चालक प्रमोदलाई पनि नियन्त्रणमा लिएको थियो । राजस्व कार्यालय प्रमुख रिजालका अनुसार गोयन्कामाथि दुई करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरेको र सोहीबमोजिम धरौटी बुझाएर प्रमोद मंगलबार तारेखमा रिहा भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.