लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशन आह्वान : मुख्यमन्त्री चाैधरीले भाेलि विश्वासकाे मत लिने

दाङ- लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशन आह्वान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन चैत्र २२ गते बिहीबार दिनको ४ बजे बस्ने गरी आह्वान गर्नुभएकाे हाे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले बैठकमा विश्वासकाे मत लिने तयारी गरेकाे उहाँकाे सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीकाे सचिवालयले प्रदेश सभामा पत्र पठाएर मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत लिने जानकारी गराएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयाे  ।`सदन पनि बस्ने बारेमा प्रदेश प्रमुख ज्यूकाे र विश्वासकाे मत लिने बारे मुख्यमन्त्री ज्यू दुबैकाे पत्र प्राप्त भयाे´सचिव पुनले भन्नुभयाे -`प्रदेश सभा भाेलीकाे बैठककाे तयारीमा जुट्याे ।´

चैत २ गते तेस्राे अधिवेशन अन्त्य गरिएको थियाे । सरकारमा सहभागी दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेकाे थियाे । गत बैशाख १४ गते आठ राजनितिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदकाे समर्थनमा मुख्यमन्त्रीमा चाैधरी नियुक्त हुनुभएकाे थियाे । तर, राजनितीमा आएकाे फेरवदलका कारण फेरी विश्वासकाे मत लिने अवस्था बनेकाे छ ।

८७ सदस्यीय प्रदेश सभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेश सभा सदस्य छन् ।

एमालेका २९ माओवादी सभामुख बाहेक १०, जसपा ३ र एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.