राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

काठमाडौँ- राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।

उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.