प्रदेशसभालाई संवोधन गर्दै कर्णालीका मुख्यमन्त्री शर्माले दिनुभयो राजीनामा

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । प्रदेशसभामा संवोधन गर्दै मुख्यमन्त्री शर्माले राजिनामा दिनुभएको हो । संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने कार्यक्रम रहेको छ ।

यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उहाँले विश्वासको मतको कार्यक्रम एक दिन पछि सरको थियो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहनुभएका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य हुनुभएको हो ।

प्रदेशसभा सम्वोधनका क्रममा आफ्नो कार्यकालको चर्चा गर्नुभएको थियो । साथै, केन्द्रको निर्देशनप्रति उहाँले असन्तुष्टिसमेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.