सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहद्वारा राजीनामा
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।
संघीय सरकारमा सत्ता साझेदार दलहरुको फेरबदलसँगै सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
साझेदार दलले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका शाहले आफूले विश्वासको मत नपाउने निश्चित भएसँगै राजीनामा बुझाउनुभएको हो ।
मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र दिनुभएको हो ।
सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन भएपनि सो पार्टीभित्रको आन्तरिक विवादले झन समस्या पारेको थियो ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीको सहयोग लिने कसरत गरेपनि अर्का स्वतन्त्र १ जना उमेद्वारले समेत समर्थन नगर्ने भनेपछि शाहले राजीनामा दिनुभएको हो ।
अब नयाँ गठबन्धन दलहरुको सरकार गठनको तयारी पनि सँगै शुरु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्