जनप्रतिनिधिको चिन्ताः राजनीतिक अस्थितरताका कारण जनताका मुद्धा ओझेलमा

काठमाडौं- केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा ओझेलमा परेको प्रति प्रदेश सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।

एक बर्षको अवधिमा तीन वटा सरकार गठन हुने अवस्था बनेपछी सरकारको कार्यसम्पादनमा समेत असर पर्न थालेको हो ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछी लुम्बिनी प्रदेशमा एमाले नेता लिला गिरीको नेतृत्वमा सरकार बन्यो । त्यो सरकार तीन महिना अवधि पुरा नगर्दै ढल्न पुग्यो । नयाँ बजेट बनाउन नपाउँदै सरकारबाट बाहिरिनु परेको थियो ।

केन्द्रिय राजनीतिमा आएको फेरवदलले फेरी प्रदेश सरकारहरु बदलिन पुगेका छन् । दोस्रो सरकार बनेको ११ महिनाको अवधिमा फेरी अर्को सरकार बनाउन थालेको छ । राजनीतिक अस्थितरताका कारण जनताका मुद्धाहरु ओझेलमा परेको गुनासो प्रदेश सभा सदस्यहरुको छ ।

संघीय संरचनालाई बलियो बनाउन प्रदेश तहलाई प्रभावकारी बनाउन जरुरी छ । केन्द्रमा हुने राजनीतिक समिकरण फेरवदलको असर प्रदेश तहमा नपर्नेगरी आफ्नो अनुकुलमा प्रदेश संरचनालाई काम गर्न दिनुपर्ने समेत आवाज उठेको छ ।

अन्तरसम्वन्धको साथ साथै प्रदेश सरकारले स्वायत्तताको आधारमा काम गर्नेगरी भूमिका बढाउन आवश्यक रहेको भनाई प्रदेश सभा सदस्यहरुको छ ।

प्रदेश संरचना नयाँ हो । आठ बर्षको अवधीसम्म आईपुग्दा प्रदेशिक तहबाट नीति निर्माणदेखी त्यसको कार्यान्वयनको लागी भूमिका खोजीरहेको देखिन्छ । जनतामा आशा बढाउनेगरी तीन तहकै सरकारले कार्यसम्पादनमा प्राथमिकता दिन आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.