डडेल्धुरामा तरकारी उत्पादनमा वृद्धि

डडल्धुरा – जिल्लामा पछिल्लो समय तरकारी उत्पादन बढ्दै गएको छ ।

कृषकको संख्या तथा तरकारीखेती गर्ने क्षेत्रसमेत बढेपछि उत्पादनमा समेत वृद्धि भएको हो । विगत पाँच वर्षको आँकडा हेर्दा डडेल्धुरामा तरकारी खेती गर्ने जमिन बढ्दो क्रममा छ भने उत्पादन पनि वर्षेनी बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७५-०७६ देखि चालु आर्थिक वर्षको हालसम्मको उत्पादनको रेकर्ड हेर्दा ताजा तरकारी खेती बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि चैत सम्म १८ हजार २ सय ३२ मेट्रिक टन ताजा तरकारी उत्पादन भएको छ । उत्पादित तरकारि जिल्लाबाहिर निकासी भएको कृषि ज्ञान केन्द्रका डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिनु भयो ।
कुल १करोड २१ लाख बराबरको ताजा तरकारी चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाहिर निकासी भएको छ ।

कृषि ज्ञान केन्द्रका डडेल्धुराका प्रमुखले तरकारीमा डडेल्धुरा आत्मनिर्भर भएको बताउनुभयो । ‘हामी तरकारीमा आत्मनिर्भर भइसकेका छौं,’ उहाँले भने, ‘विशेष गरेर पहाडी क्षेत्र भएकोले बर्खाको समय साउन, भदौ, असोज, कात्तिकसम्म तरकारीबाहिर जान्छ । अब चैत वैशाखको समयमा साग, घिरौला, लौकाजस्ता तरकारी बाहिरबाट आउँछ । त्यही तरकारी फेरि जेठ लागेपछि यताबाट निर्यात हुन्छ ।’
ताजा तरकारी जिल्लाबाहिर गएको ज्ञान केन्द्रको रेकर्डमा छ । कैलाली, कन्चनपुर, डोटी अछाम बाजुरा बैतडी बझाङ र दर्चुला लगायतको ठाउँमा तरकारी निकासी भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
जिल्लामा व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न किसान पनि बढ्दो क्रममा रहेको बताइएको छ ।

कृषक बढ्दै जाँदा तरकारी बाली उत्पादन गर्ने जमिन र तरकारीको उत्पादन पनि वर्षेनी बढ्दै गएको पाइएको हो ।

जिल्लामा तरकारी उत्पादन बढेसँगै जिल्लाबाट तरकारीका लागि बाहिरिने रकमसमेत जिल्लामा रहने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.