गृहमन्त्री लामिछानेलाई १३ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा आबद्ध नेपालीको उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताउनुभएको छ ।

रुसी सेनामा आबद्ध नेपालीका परिवारसँग भएको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिनुभयो ।

“तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु । नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज-भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।

‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गरेको हो ।

उक्त अभियानकर्तासँगै पीडित परिवारले शुक्रबार मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा गम्भीर हुन आग्रह गरेको थियो ।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केही मानिसले आफूहरुसँग पैसा लिएको भन्दै तिनलाई पक्राउ गर्न समेत उनीहरुले गृहमन्त्री लामिछानेसमक्ष मागसमेत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.