पर्सा राष्ट्रिय निकुञ्जले दियो ३ वटा बाघ मृत्यु हुनुको कारण (विज्ञप्तीसहित)

काठमाडौँ- केहीदिन अघि पर्सा राष्ट्रिय निकुञ्जभित्र ३ वटा बाघ मरेको विषयमा निकुञ्जले आधिकारिक जानकारी गराएको छ।

ती बाघहरुको मृत्युको विषयमा विभिन्न संचार माध्मममा फरक फरक समाचार सम्प्रेषण भएको भन्दै निकुञ्ज कार्यालयले बाघको मर्नुको कारण र मर्नु अघि उनीहरुको स्वास्थ्य अवस्था तथा उपचारको अवस्थाको बारेमा प्रेस विज्ञप्ती जारी गरेर जानकारी गराएको हो ।

निकुञ्ज कार्यालयका अनुसार तीन वटै बाघहरुलाई विभिन्न मितिमा उद्धार गरेर खोरमा राखिएकोमा २ वटा पहिलेनै विरामी अवस्थामा रहेका र उनीहरुको उपचार हुँदा हुँदै मृत्यु भएको हो ।

अर्को एउटा बाघको चाहिँ खोरमा ७ दिन अघिसम्म स्वास्थ्य अवस्था सामान्य रहेको तर क्रमश खाना खान नसकेका कारण मृत्यु भएको निकुञ्जले उल्लेख गरेको छ। पछि त औषधिसमेत खान नसक्ने अवस्थामा उक्त बाघको मृत्यु भएको कार्यालयले जनाएको छ।

२ वटा विरामी बाघहरु बृद्ध अवस्थामै उद्धार गरिएको कार्यालयको भनाइ छ।

बाघहरु उद्धार गर्दा कै अवस्थामा पनि घाइते थिए भन्ने कुरालाई कार्यालयले जोड दिएको छ ।

यी बाघहरु २०८० असोज २५, फागुन १४ र चैत्र १६ गते मृत अवस्थामा खोरमा भेटिएका थिए ।

निकुञ्जले ती बाघहरुलाई उद्धार गर्नुको कारणहरु पनि उल्लेख गरेर विज्ञप्ती निकालेको छ। ती बाघहरुले बस्तीमा पसेर मानिस र गाईबस्तु तथा बाख्रालाई मारेको पनि विज्ञप्तीमा भनिएको छ।

साथै, निकुञ्जले ती घाइते र विरामी बाघहरुको उपचार गर्ने सुबिधासम्पन्न प्रविधि र उपचार केन्द्र निकुञ्ज भित्र नरहेको पनि स्पष्ट पारेको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.