सञ्चार मन्त्री शर्माद्धारा पाल्पा प्रशारण केन्द्रको अनुगमन

पाल्पा- सञ्चार तथा सुचना प्राविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजनको पाल्पा प्रशारण केन्द्रको अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।
पाल्पाको बगनासकालि गाउँपालिका वडा नं ९ को बगनासमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालको रिले केन्द्रको मन्त्री शर्माको टोलिले स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमन गदै मन्त्री शमाले टेलिभिजनको प्रशारण केन्द्रलाई थप व्यवस्थित र पूर्वाधारयुक्त बनाई नागरिकको सुसुचित हुने अधिकारको रक्ष गर्न सरकारी स्वामित्तवका मिडिया तयार रहेको बताउनुभयो । सरकारी लगानीमा बनेका यि स्रोत साधनको संरक्षणको दायित्व स्थानियको पनि भएको भन्दै मन्त्री शर्माले रेखदेखमा ध्यान दिन सुझाव दिनुभयो । अहिले पनि एनालक प्राविधिबाटै प्रशारण केन्द्र चलेको भन्दै यसलाई डिजिटलाइज गर्न सेटअप बक्स खरिद प्रक्रिया अघि बढेको मन्त्री शर्माले बताउनुभयो । अनुगमनमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी, बगनासकालि गाउँपालिका अध्यक्ष सरस्वती चिदि, वडा अध्यक्ष थानेश्वर तिम्लिसेना लगायतको सहभागिता रहेको थियो ।
रेडियो नेपालले केही महिना अघि मात्र नेपाल टेलिभिजनको प्रशारण केन्द्रबाट रिले केन्द्रको स्थापना गरि पश्चिम नेपालका दर्जन बढी जिल्लामा रेडियोको पहुँच विस्तार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.