उपनिर्वाचन: इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ- बैशाख १५ गते  इलाम क्षेत्र नं २ र बझाङ प्रदेश १ क मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

इलाम २ मा प्रतिनिधिसभा सदस्यको लागि र र बझाङ प्रदेशसभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको लागि बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

इलाम २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको लागि बिभिन्न १२ राजनीतिक  दल र स्वतन्त्र गरी २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनय दर्ताको लागि आयोगले विहान १० वजे देखी ५ वजेसम्मको सयम तोकेको थियो यो अबधि भित्र २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार सुहाङ नेम्बाङको मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नं २ मा नेकपा एमाले र नेकपा मओवादी केन्द्र बाहेकका अन्यदलले छुट्टा छुट्टै उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । जस अनुसार प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता गरेको छ ।

कांग्रेसले मनोनयन दर्ता गर्नु अगाडी उम्मेदवार घोषणा सभा आयोजना गरेको थियो ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुको मनोनयन दर्ता गरेको छ ।  नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईको मनोनयन दर्ता भएको छ । त्यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ,  जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलामा क्षेत्र नं २ को उपनिर्वाचनको लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।  उम्मेदवारले बाँजागाँजा र झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी बझाङ प्रदेश सभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको बिभिन्न ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा  नेकपा एमालेका दमन भण्डारी, नेकपा माओवादी केन्द्रका जनक बुढा र नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह,  नेकपा एकिकृत समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

इलाममा नेकपा एमालेको उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले बझाङ प्रदेशसभा १ क को सदस्यमा भने छुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै मनोनयन दर्ता गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚ नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्ती मगर र जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री रहेका छन् ।बझाङमा १९ राजनीतिकदलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।

२५ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । यसैगरि चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.