लगानी सम्मेलनको तयारी तिव्र,२२ वटा भन्दा बढी परियोजनाहरु तयारी अवस्था

काठमाडौँ- सरकारले आगामी वैशाखमा गर्न लागेको तेस्रो लगानीको तयारी तीब्र बनाएको छ । लगानी सम्मेलनमा सरकारले आयोजना बैंकका रुपमा तुरुन्तै लगानी भित्र्याउन सक्ने गरी सरकारले २२ वटा भन्दा बढी परियोजनाहरु तयारी अवस्थामा राखेको छ ।

सरकारले आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनको तयारी तीब्र बनाएको हो । सरकारका कुनै नियोगले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने कुनै नियोगले विभिन्न मुलुमा रहेका व्यापारी तथा व्यवसायीसँग भेटवार्ता र छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले निरन्तर रुपमा विभिन्न विदेशी नियोगका प्रतिनिधि तथा उद्योग व्यवसायी क्षेत्रसँगको भेटघाट र छलफललाई तिब्रता दिइरहनु भएको छ ।

केही समय अघि मात्रै अर्थमत्री पुनले भर्चुअल बैठकमार्फत ४० भन्दा बढी देशका राजदूत र नियोग प्रमुखहरुसँग लगानी संमेलनका विषयमा छलफल गर्नु भएको थियो ।

आर्थिक कूटनीतिको अवलम्बन गर्दै आएको विदेशस्थित नेपाली नियोगहरूलाई अर्थमन्त्री पुनले बाँकी रहेको करिब एक महिना समय लगानी संमेलनलाई मात्रै केन्द्रित गरेर काम गर्न निर्देशन समेत दिइसक्नु भएको छ । त्यस्तै,सरकारले लगानी संमेलनलाई लक्षित गर्दै लगानी मैत्री वातावरण बनाउन एक दर्जन भन्दा बढी ऐन तथा कानुनहरु संशोधनको तयारी गरेको छ ।

अध्यादेशमार्फत ती ऐन तथा कानुनहरु संशोधन गर्ने सरकारको तयारी छ । त्यस्तै,लगानी बोर्डले १ सय ३२ वटा भन्दा बढी योजनाहरु सोकेश गरिसकेको छ । जसमा स्थानीय तह र प्रदेशका योजनाहरु पनि समेटिएका छन् । त्यस्तै,बोर्डले २२ वटा भन्दा बढी परियोजनाहरु लगानीका लागि तयारी अवस्थामा राखेको छ । जुन परियोजनाहरुमा तुरन्तै लगानी गर्न सकियोस् । त्यस्तै,नीजि क्षेत्रबाट पनि लगानीका लागि केही परियोजनाहरु तयारी अवस्थामा रहेको लगानी बोर्डको भनाई छ । लगानी संमेलनमा ती परियोजनामा एथेष्ठ लगानी आउने विश्वास बोर्डले लिएको छ ।

सरकारले लगानी संमेलनका लागि विभिन्न देशका एक हजार भन्दा बढी पाहुनहरुलाई निमन्त्रणा पठाइसकेको छ । जसमा १ सय ५० भन्दा बढी पाहुनाहरुले लगानी संमलेनमा आउने निश्चित गरिसकेका छन् ।

यसपालीको लगानी संमेलनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भन्ने सन्देश दिने र यथेष्ठ लगानी भित्र्याउने विश्वास गरिएको छ ।विगतका लगानी संमेलनमा लगानी संबन्धी प्रतिवद्धता आउने तर लगानी भने नआउने समस्या रहँदै आएको छ । त्यस्तो समस्याको अन्त्य गर्दै सरकारले लगानी मैत्री वातावरण बनाएर एथेष्ट लगानी भ्यिाउने तयारीमा जुटेको छ । तेस्रो लगानी संमेलन उर्जा,पर्यटन,सूचना प्रविधी,कृषि लगायतका विभिन्न क्षेत्रमा लगानी भित्र्यान केन्द्रीत रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.