ऐतिहासिक संरचना संरक्षणका लागि तीनै तहको सरकारले सहकार्य गर्नुपर्छः सञ्चार मन्त्री

पाल्पा- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ऐतिहासिक र पर्यटकीय स्थल रानीमहलको स्थलगत अवलोकन गर्नुभएको छ ।

नेपालको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भएको रानीमहल दरबारको अवलोकन गर्दै मन्त्री शर्माले ऐतिहासिक संरचनाको संरक्षण गर्न तीन तहकै सरकारले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले कालीगण्डकी नदी किनारमा रहेको रानीमहल दरवारको विकास तथा विस्तारसंगै नदीले दरबारको जलमा कटान गरेको विषयमा सरकारले विशेष बजेट छुट्याएर संरक्षण गर्ने बताउनुभयो ।

तानसेन नगरपालिका वडा नं. १३ मा रहेको रानीमहल क्षेत्र प्रेमको प्रतीकका रुपमा लिइने हुँदा ऐतिहासिक र पर्यटकीय हवका रुपमा विकास हुँदै आएको छ ।

स्थलगत रूपमा दरबार परिसर, संग्रहालय र कालीगण्डकी किनारको अवलोकनपछि मन्त्री शर्माले यो क्षेत्र पाल्पा जिल्लाको मात्र नभएर नेपालकै नमूना पुरातात्विक स्थलको संरक्षणका लागि सरकार प्रतिबद्ध रहने विश्वास दिलाउनुभयो । सो बखत तानसेन नगरपालिकाले मन्त्री शर्मालाई स्वागत तथा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.