कागबेनीमा भक्तजनहरुको घुइँचो

मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो लागेको छ ।

चैते दशैअघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् ।

मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाममा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको छ ।

परापूर्वकालमा भुसुण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड दिने चलनको सुरुआत भएको विश्वास गरिन्छ ।

कागबेनीलाई धार्मिक ग्रन्थहरुमा भगवानको दैवी शक्ति प्रकट भएको स्थानका रुपमा समेत उल्लेख गरिएको छ । जसका कारण वर्षेनी कागबेनीमा दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्नका लागि देशका ७७ वटै जिल्लाबाट धार्मिक तिर्थालु आउने गर्दछन् ।

चैते दसैं र बडा दसैको अवसर पारेर भक्तजनहरु कागबेनीमा श्राद्ध, तर्पण र पिण्ड दिने चलन छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.