नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भईरहेको बताईएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा अवरोध रोकेको थियो ।

कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको अल्टिमेटम दिएको थियो। तर सो अवधिसम्म पनि सरकारले कांग्रेसको माग अनुसार समिति नबनाएपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.