सशस्त्र प्रहरीको केन्द्रीय गोदामघरमा आगलागी

काठमाडौँ- नेपाल शसस्त्र प्रहरीको बलम्वुस्थित केन्द्रीय गोदामघरमा आगलागी भएको छ । दिउँसो करिव ४ बजेदेखि शुरू भएको आगलागि अझै पनि पूर्ण नियन्त्रणमा आएको छैन ।

तस्विर: पत्रकार मनोहरी थापा फेसबुकबाट

काठमाडौ, ललितपुर लगाएतका करिब १० भन्दा बढि बारूणयन्त्र, सशस्त्र प्रहरी,नेपालप्रहरि, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । केन्द्रीय भण्डार घरमा लागेको आगलागीमा बन्दोबस्तिका सामान,लताकपडा लगायत सामानहरू नस्ट भएका छन ।

यसै बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आगलागी भएको स्थान बलम्बु पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनु भएको छ ।  गृहमन्त्री लामिछानेले आगालागी कारणबारे जाँजबुझ गर्न  निर्देशन समेत दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.