कांग्रेसले गर्याे संसद अवरोध : संसदीय छानबिन समिति बनाउनु पर्ने माग कायमै
काठमाडाै – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि सहकारी ठगी प्रकरणको अनुसन्धान नै रोकिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि तत्काल संसदीय छानबिन समिति बनाउने अडान कायमै रहेकाे बताउनुभयाे ।
सरकार गम्भीर नभए संसद्को बैठक वा कुनै पनि कामकारबाही हुने विषयमा सरकार नै जिम्मेवार हुने थिङले बताउनुभयाे ।सडकमा सहकारी पीडित लाखौंको संख्यामा लडिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘अर्बौंको रकम अपचलन भएको कुरा आएको छ। यसमा सूर्यदर्शन सहकारी लगायता ६ वटाबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ। यसरी लैजान पाउँछ कि पाउँदैन?’ थिङले प्रश्न गर्नुभयाे ।
प्रतिक्रिया राख्नुहोस्