मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको मागगर्दै काँग्रेस नेता पाण्डेद्वारा रिट दर्ता

काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै काँग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ ।

प्रदेश प्रमुख डिल्लिराज भट्टले  सभामुखको समर्थनमा एमाले संसदीय दलका अधिकारीलाई मुख्यमन्त्री नियुक्ति गर्नु  सरकार गठनमा  संख्या पुर्याउन सभामुखलाई गणना गर्नु असंवैधानिक रहेको भन्दै उत्प्रेषण बदर गर्नुपर्ने र संविधानको धारा १६८ उपधार ३ अनुसार आफुलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गर्दै काँग्रेस नेता पाण्डेले अदालतमा रिट दायर गर्नु भएको हो ।

रिट माथिको पेशी २८ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.