जति मिठो छ भीर मौरीको मह, उति नै कठिन छ भीरबाट मह काढ्न !

रुकुम पूर्व- जिल्लाका भीर पहरामा मह सिकार सुरु भएको छ ।
सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकाको लेकाली क्षेत्रका भीरमा मह निकाल्न थालिएको हो ।
तल्लो बेँसीका भीरबाट मह सिकार सुरु गर्दै असारसम्म लेकको पहाडमा पुग्छन् । सात-आठ जनाको समूह मह सिकारमा हिँड्छन् ।
मह सिकारी डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भीरमा झुण्डिएर मह काढ्ने गर्दछन् । भीरमह खाँदा जति स्वादिलो र रसिलो छ निकाल्न अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ ।
भीरमा मौरीले लगाएका चाका काट्न मह सिकारी डोरी (रिजो) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।
वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ ।
वसन्त ऋतुमा बेँसी र शरद ऋतुमा लेक पुगेर भीरमह निकाल्ने उपयुक्त समय मानिन्छ ।
एउटा भीरमा मह सिकारी समूहले २०-२५ लिटर मह निकाल्छन् ।
प्रतिलिटर दुई हजारका दरले भीरमह खरिदबिक्री हुने गर्छ ।
मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् ।
एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा रिजो) झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् ।
धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान दिनुपर्छ ।
रिजोमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।
मुख्य सिकारीले डोरीमा बाँडेर सुरक्षित निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ ।
स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिबर्दक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भीरमहको माग बढेको स्थानीयको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.