कोशी प्रदेशमा बैशाख ६ गते विशेष अधिवेशन आह्वान

काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको विशेष अधिवेशन  गर्नु भएको छ ।

२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए ।

सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिनु भएको थियो । दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले बैशाख ६ गते दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.