लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेश सभामा विश्वासको मत लिदै हुनुहुन्छ ।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त हुनुभएको थियो ।

महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदगरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राब्धान छ ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीले तीन जना मन्त्री समेत नियुक्त गरिसक्नु भएको छ । तर, उहाँहरुको जिम्मेवारी भने तोकिएको छैन् । एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नु भएको छ ।
विश्वासको मत पाएपछी मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ मा राजिनामा दिनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.