आगोमा नाचेर तान्त्रिक बिद्याबाट प्राप्त शक्ति ‘खली’

काभ्रे-सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई बनेपा नगरपालिका–५ ओपिका १ सय ९८ घर गोदार थापा परिवारले सावित गरेका छन् ।

कुल देवताका रुपमा काष्यप गोत्रका गोदार थापा परिवारले मान्दै आएका बाराहीदेवी बाह्रभान्जा र बाह्रमष्टका नयाँ डाङ्ग्रे तयार गर्न एक महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार आगोमा नचाएर खली खुवाउने कार्य सम्पन्न गरिएको हो ।

धामी गुरुले तान्त्रिक विधिद्वारा कुलदेवताको आह्वान गरी यहाँका गोदार थापा परिवारको पुरुषको शरीरमा कुलदेवता चढाउने कार्य सफल भएपछि आगोमा नचाएर खली खुवाउने कार्य सम्पन्न गरिएको डाङ्ग्रे लिला कृष्ण थापाले जानकारी दिनुभयो ।

बर्सौ मा यसैगरी आगोमा नाचेर खली खुवाए पछि निरन्तर रुपमा कुलपूजा (दिवाली) का दिनमा शरीरमा कम्पन गराई कुलदेवता मान्दै आएको परम्परालाई २ सय ४१ वर्षपछि खली खुवाएर ३ जना नयाँ डाङ्ग्रे तयार पारिएको हो ।

कुलदेवता मानवको शरीरमा प्रवेश गरेपछि आगोमा नाच्दा पनि नपोल्ने विश्वास अनुसार बालकदेखि बृद्धसम्मले आगोमा नाचेर खली खुवाउने परम्परालाई धानेका हुन् ।

 

कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । यसो गरेमा कुलभित्र शान्ति हुने, अनिष्ट नहुने, नराम्रो हुनेलाई कुलपूजामा डाङ्ग्रेले सचेत गराउने र कुलदेवतालाई मान्दा प्रगति हुने विश्वास रहेको डाङ्ग्रे लिला कृष्ण थापाले बताउनुभयो ।

काभ्रेकै गुरु धमेन्द्र बिष्टका टिमले एक महिना लगाएर यहाँका तीन जना थापाको शरीरमा कुलदेवता प्रवेश गराएपछि नयाँ डाङ्ग्रे तयार भएको थापाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.