आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
धनुषा- तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ ।
यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ ।
सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।
आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ ।
यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्