सुदूरपश्चिमा नेकपा एसको कदमले विपक्षीमा आशा र जनतामा निरासा दियो:ओली

दक्षिणपन्थी अवसरवादलाई नांगो ढंगले प्रस्तुत गर्ने काम भयो

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा लिएको कदमले विपक्षीमा आशा र जनतालाई निरासामा लैजाने काम गरेको बताउनु भएको छ ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एसको कदमले जनतामा आशंका र अन्योलता सिर्जना गर्दै दक्षिणपन्थी अवसरवादलाई नांगो ढंगले प्रस्तुत गरेको बताउनु भयो ।

सुदूर पश्चिम सरकार गठनका लागि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि ओलीको यस्तो टिप्पणी गर्नु भएको हो ।

‘नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निशुल्क सेवा पनि नाउपाको गर्नसक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो।

अध्यक्ष ओलीले सही दिनमा राजनीति गहिरहेको र जनतामा आशा पलाइरहेको बेला आशंका, अन्योलता र निरासा बढाउने गरी र आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउने काम गरेको बताउनु भयो।

वामपन्थी एकताले देश बन्छ भन्ने भ्रम पालेर बस्नु नहुने भन्दै ओलीले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानि पुर्याउनेहरुसँग एकता नहुने बताउनु भएको छ । आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.