काँग्रेसका पुराना नेता न्यौपानेको निधन

काठमाडौँ- नेपाली काँग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको आज निधन भएको छ ।

८१ बर्षीय न्यौपानेको आज विहान हार्ट आट्याकबाट काठमाडौँमा निधन भएको हो ।

गोरखाका न्यौपाने काँग्रेसका पुराना र सन्त नेताको रुपमा चिनिनुहुन्थ्यो ।

उहाँ २०४९ सालमा गोरखा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभएको थियो ।

स्वर्गीय न्यौपानेको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

स्वर्गीय न्यौपानेलाई श्रद्धाञ्जली दिन भूतपूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु पशुपति आर्यघाटमा पुगेका थिए ।

न्यौपानेका श्रीमती, ४ छोराहरु र १ छोरी हुनुहुन्छ ।

उहाँकी छोरी अनिता रिमाल नेपाल टेलिभिजनको लेखा शाखामा कार्यरत हुनुहुन्छ ।

स्वर्गीय न्यौपानेको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.