कालिका देवी मन्दिरमा भक्तजनको घुईचाे

 अछाम – सुदुर पश्चिमकाे महत्त्वपूर्ण मेला लाग्ने धार्मिक पर्यटकिय क्षेत्र मंगलसेन नगरपालिका वडा नम्बर १० जुपु स्थित कालिका देवी भगवतीकाे मंन्दिरमा आज बिहानै देखि दर्शालु भक्तजनको ठुलाे घुईचाे लागेको छ ।

चैते दसैं अर्थात चैत्रा अष्टमिमाका दिन परम्परागत रुपमा कालिक देवी भगवतीकाे मन्दिरमा दर्शालु भक्तजनहरुले पुजा आजा गरे मनाेकांक्षा पुरा हुने जन बिश्वास रहेकाे छ । साे मन्दिरमा हजारौं बाेका र चार दर्जन भन्दा बढी रागा हरुकाे बलि चढाईने गरेकाे मन्दिरका मुख्य पुजारी गणेशबहादुर रावलले बताउनु भयाे ।

चैते दशैमा मंगलसेन नगर लगायत जिल्लाका १० वटै स्थानीय तह र छिमेकी जिल्ला कालिकाेट, बाजुरा लगायतका श्रद्धालु भक्तजन मेला हेर्न आउने गरेकाे र संगै देश बिदेशमा रहेका यश क्षेत्रका बासिन्दा चैते दशै हेर्न घर फरकिने गरेको मंगलसेन नगरपालिका १० जुपुका वडा अध्यक्ष जनक बहादुर कुवरले बताउनु भयो ।

ऐतिहासिक जुपु खाैलाकाे यसपालि मंगलसेन नगरपालिका र यहाँको वडाको सहयोगमा सयौं बर्यपछी खाैलाे बिस्तार तथा स्तराेन्नती गरीएकाे खाैलाे तथा सडक निर्माण समितिका अध्यक्ष नरेन्द्र रावलले बताउनुभयो ।

आज दिनभर पुजा आजा गरि बाेकाकाे बलिसंगै बलुका रागाकाे बलि चढाएपछी रातभर मेला लाग्ने गर्दछ ।

बिगतका बर्ष झै यश बर्ष चैत्र ५ गते पनि कालिकोट जिल्लाका चर्चित देउडीया नेत्रराज शाही र बझाङ जिल्लाकि चर्चित देउडिया केशरी बाेहरा बिच देउडा घम्सा घम्सीहुने आयाेजक समितिले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.