सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते

सल्यान – सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोलामा दुर्घटना भएको हो ।
दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।
गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

उद्दारको काम सकिएकाले घाइतेहरुको विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.