कर्णालीकाे नयाँ पर्यटकिय गन्तव्य गिडिदहकाे नापजाँच अध्ययन प्रतिबेदन सार्वजानिक
जुम्ला – कर्णालीकाे नयाँ पर्यटकिय गन्तव्य गिडिदहकाे नापजाँच अध्ययन प्रतिबेदन सार्वजानिक गरिएकाे छ ।
जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं ४ गिडिखाेला गाउँकाे सिरानमा अबस्थित नयाँ पर्यटन गन्तव्य गिडिदहकाे नापजाँच तथा अध्ययन प्रतिवेदन विहिबार सार्वजानिक गरिएकाे हाे ।
काठमाडाै विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामाे शाहले अध्यायन प्रतिवेदन सार्वजानिक गरेकी हुन् ।विश्वविद्यालयकाे टाेलीले नाैदिन लगाएर गिडिदहकाे लम्बाई,चाैडाई,गहिराई,जीवजनावर,रुखविरुवा,क्षेत्रफल लगायतका पक्षकाे अध्यायन गरेकाे थियाे ।
अध्ययान प्रतिवेदननुसार गिडिदहकाे सानाे र ठुलाे दहकाे गरी कुल लम्बाई, १५१० मिटर रहेकाे छ । जसमा ठुलाे दह(तालकाे) लम्बाई १०६० मिटर, चाैडाई ३१० मिटर, गहिराई ४३.३ मिटर रहेकाे काठ्मान्डाैं विश्वविद्यालयका उपप्रध्यापक शाहले जानकारी दिईन् । त्यस्तै गिडिदहकै सानाे दह( तालकाे) लम्बाई ४५० मिटर,चाैडाई २१० मिटर,र गहिराई २१.३ मिटर रहेकाे छ ।
समग्र गिडिदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएकाे छ । भने,राष्टि्य महाेत्व बाेकेका १८ प्ररकारका चरा,७ वटा स्तनधारी जनावर,७४ वटा चराचुरुङ्गी रहेका छन् । गिडिदह उचाईका हिसाबले कर्णालीकाे दाेस्राे तालका रुपमा रहेकाे छ । पहिलाे सेफाेक्सण्डाे र तेस्राे रारा ताल रहेका छन् ।
गिडिदहमा जानू हुन्न,अझ महिला गएपछि फर्किदैनन् भन्ने अन्धविश्वास थियाे । तर ताताेपानी-४ काे आयाेजनामा पहिलाे पटक २०७९ साल असार ४ देखि ६ गते सम्म मा ८४ जनाकाे सरकारी टाेली गिडिदह पुगेकाे ताताेपानी-४ का वडाध्यक्ष अम्मर बहादुर राेकायाले बताउनुभयाे । उनका अनुसार समुद्रि सहतदेखि ३४८५ मिटर उचाईमा अस्थित गिडिदहकाे छेउमै गिडिदह सम्मेलन गरी गिडिदह घाेषणापत्र समेत सार्वजानिक गरियाे । कर्णाली राजमार्ग हाकुबाट गिडिदह सम्मकाे दुरी २९ किमि रहेकाे छ ।
याे दुरीमा फूलचाैल्या,बाईस पाटन लगायतका पर्यटन क्षेत्र छन् । पूर्वाधार विकासका लागि डिपिआर,वातावणिय प्रभाव मुल्यांकन लगायतका काम गरिसकेका छाै । तर लगानी अभावले पुर्वाधार निर्माण हुन सकेकाे छैनन् । घाेषणापत्रमा दहकाे नापजाँचलाई प्रथामिकता दिने उल्लेख भएनुसार कुल १५ लाख लगानीमा नापजाँच गरि प्रतिबेदन सार्वजानिक गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताउनुभयाे । उनका उनुसार गिडिदह ताताेपानीकाे मात्र नभई जिल्लाकै सम्पत्ति र आर्थिक समृद्दिकाे आधार भएकाेले पूर्वाधार विकासमा लगानी गर्न जरुरी छ ।
राष्टि्य ताल संरक्षण समितिकाे पाँच लाख र गाउँपालिकाकाे १० लाख गरि १५ लाख लगानीमा नापजाँच गरिएकाे ताताेपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयाे। याे वर्षमै गिडिदह जाने २७ सय मिटर घाेरेटाे बाटाे निर्माण भईसकेकाे छ । उहाँले भनुनुभयाे – पर्यटक भित्राउन आबश्यक पूर्वाधार विकासमा जाेड दिन जरुरी छ । साविक कर्णालीकै तेस्राे ठुलाे तालका रुपमा रहेकाे छ ।
दिगाे संरक्षण,पर्यटक भित्र्याउने वाताबरण सृजना तीनै तहका सरकारले लगानी गर्नु पर्ने जरुरी छ ।’ सडक,घाेरेटाे बाटाेर,खानेपानी,धर्मशाला,संचार,बेलिब्रिज लगायतका पूर्वाधार निर्माण अत्याआबश्यक रहेकाे छ ।
प्रतिक्रिया राख्नुहोस्