लगानी सम्मेलनमा १ हजार २ सय भन्दाबढी अतिथि सहभागी हुँदै

नेपालका लागि वैदेशिक लगानी भित्रयाउने अवसर: अर्थविद्

काठमाडौँ – विज्ञहरुले आगामी आइतवारबाट सुरु हुन लागेको लगानी सम्मेलन नेपालका लागि बैदेशिक लगानी भित्रयाउने अवसरका रुपमा लिनुपर्ने धारणा राख्नु भएको छ ।

आइबिएन मिडिया रिसर्च प्रालिले आयोजना गरेको लगानी सम्मेलनबारे छलफल कार्यक्रममा सहभागी अर्थविदहरुले लगानी सम्मेलन नेपालका लागि अवसर हुने धारणा व्यक्त गर्नु भएको हो ।

तेस्रो लगानी सम्मेलन नेपालका लागि वैदेशिक लगानी भित्रयाउने अवसर हुने अर्थविदहरुले वताउनु भएको छ ।  लगानी सम्मेलनमा सरकारले नेपालमा लगानी गर्ने वातावरण सुरक्षित रहेको भन्दै लगानी कर्तालाई विश्वस्त पार्न आवश्यक रहेको सुझाव अर्थविदहरुको छ । विगतमा  आयोजना गरिएका लगानी सम्मेलन र त्यसबाट भित्रिएको लगानीको मुल्यांकन गदै तेस्रो लगानी सम्मेलनमा सरकारले आफ्नो प्रस्तुति देखाउनु  पर्ने अर्थविदको भनाइ छ ।

यसैगरी लगानी सम्मेलनमा  जलविद्युत, पर्यटन, उद्योग, प्रविधी तथा पुर्वाधारका क्षेत्रमा लागनी गर्न योग्य छ भन्दै सरकारले ठोस अवधारणा सहित लगानीकर्तासँग प्रतिवद्धता जनाउनु पर्ने धारणा विज्ञको छ ।

लगानी संमेलनमा १ हजार २ सय भन्दा बढी विभिन्न मुलुकका अतिथि आउने भएका छन् । यस संमेलनका लागि सरकारीस्तरबाट २० वटा आयोजनाहरुमा आशयपत्र (इओआई) माग गरिँदैछ ।

९ खर्ब रुपैयाँ बराबरका यी आयोजनाहरुमा तत्काल लगानी भित्र्याउन सरकारले आशयपत्र माग गर्न लागेको हो । यसमध्ये १२ वटा आयोजना लगानी बोर्डको कार्यक्षेत्रभित्र र बाँकी आठ वटा आयोजना विभिन्न विषयगत मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका छन् ।

निजी क्षेत्रबाट पनि विभिन्न आयोजना प्रस्ताव भएका छन् । १ सय ४८ आयोजना मध्ये ३० वटाको हाराहारीमा निजी क्षेत्रका आयोजनाहरु सोकेश गर्न लागिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.