शैक्षिक सत्र शूुरु हुुन भन्दा पहिले बिद्यार्थीको हातहातमा पाठयपुुस्तक

नवलपुुर – पूर्वी नवलपरासीमा शैक्षिक सत्र शुुरु हुुन लाग्दा यो बर्ष सबै सामुुदायिक बिद्यालयमा पाठ्य पुस्तक पुुगेको छ ।

विगतका बर्षमा सबै सामुुदायिक बिद्यालयमा समयमा पाठ्यपुुस्तक पुुग्न नसक्दा पढाई प्रभावित हुुँदै आएकोमा यो बर्ष भने चैत मसान्त भित्रै सबै बिद्यालयमा पाठयपुुस्तक पुुगेको जिल्ला शिक्षा समन्यव ईकाई पूुर्बी नवलपरासीका प्रमुख रुद्र शर्माले बताउनुुभयो ।

सामुुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई समयमै पाठ्य पुष्तक उपलबध गराउन सरकारले पालिकाहरुलाई समेत बजेट समयमै उपलब्त्र गराएका कारण यो बर्ष जिल्लाका सबै सामुुदायिक बिद्यालयले पाठ्यपुुस्तक पाएका र अब बैशाखको दोश्रो हप्ता समम सबै बिद्यार्थीको हातमा पुुस्तक पुुरयाई सकिएको र तेश्रो हप्ता देखि पढाई शुुरु गरिने गरि आबश्यक परिपत्र गरिएको प्र्मुुख शर्माले बताउनुुभयो ।

जिल्लाका आठै पालिकाका दुुई सय ६७ सामुुदायिक बिद्यालयले यो बर्ष समयमै पाठ्यपुुस्तक पाएका छन , पालिकाले सबै बिद्यालयलाई समयमै पाठयपुुस्तक खरिद गर्ने रकम उपलब्ध गराएका कारण पनि पाठ्यपुुस्तक समयमै सबै बिद्यालयमा पुुगेको र अब बिद्यार्थीहरुका हातमा पुुरयाएर पढाई सूुचारु गर्ने बुुलिगँटार गाउँपालिका शिक्षा शाखाका प्र्मुख बुुद्ध प्रसाद रानाभाटले बताउनुुभयो ।

जिल्लाका आठ पालिकामा रहेका सामुुदायिक बिद्यालयमा करिब ४३ हजार बालबालिका अध्ययन गर्ने गरेका छन भने उनीहरुका लागि राज्यले निशुुल्क शिक्षा को ब्यबस्था समेत गरेको छ । हरेक बालबालिकाको हातमा पुुस्तक उपलब्ध गराएर नीजि बिद्यालय सँग प्रतिस्पर्धा गर्न सक्ने गरि सामुुदायिक बिद्यालयले अग्रेँजी माध्यमबाट समेत पढाई शुुरु गर्न थालेका गैंडाकोट स्थित जनक माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशबप्रसाद सापकोटाले बताउनुुभयो ।

अहिले जिल्लाका सामुुदायिक बिद्यालयहरुमध्ये आधा भन्दा बढि बिद्यालयले अग्रेँजी माध्यमबाट पढाई शुुरु गरेका छन जस्का कारण सामुुदायिक बिद्यालयहरु ले नीजि बिद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सकिरहेका नेपाल राष्ट्रिय सम्शेर माध्यमिक बिद्यालयका प्रधानध्यापक तथा नेपाल शिक्षक सँघका जिल्ला अध्यक्ष ईन्द्रराज भटट्राईले बताउनुुभयो ।

जिल्लाका पुुस्तक व्यवसायी जनक शिक्षा सामाग्रीबाट पुुस्तक समयमै खरिद गरि बिक्री बितरण गर्न थाले पछि यो बर्ष सबै बिद्यालयले पाठ्यपुुस्तक खरिद गरिसकेका दलदलेका पुुस्तक व्यवसायी रबिन्द्र न्यौपानेले बताउनुुभयो ।

शैक्षिक गुुणस्तर बृद्धि गर्न समयमै अध्ययन अध्यापन गराउने र बिद्यार्थीको हातहातमा पुुस्तक पुुर्याउने गरि सरकारी निकायबाट भएका सकरात्मक क्रियाकलापले समेत बिद्यार्थीको मनोबल बढने कृष्णगण्डकी माध्यमिक बिद्यालयका प्रधानध्यापक सुुर्य तिवारीले बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.