बझाङमा एमाले उम्मेदवार भण्डारीको अग्रता कायमै

बझाङ- बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ ।
एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार तीन सय ७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार दुई सय ८९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले आठ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.