सेवाग्राहीसँग १५ हजार घुस लिने लेखापाल विरुद्ध भ्रष्ट्राचारको मुद्दा

काठमाडौं, चैत १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भन्दै उनि विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको आयोगले बताएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भए बमोजिम जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा  आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.