उपनिर्वाचनमा उम्मेद्वारको नाम टुङ्गो लगाउन काँग्रेस पदाधिकारी बैठक

काठमाडौँ- नेपाली काँग्रेस पदाधिकारी बैठक अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुरु भएको छ ।

आगामी उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्न पार्टीको पदाधिकारी बैठक डाकिएको काँग्रेसले जनाएको छ।

बैठकमा इलाम क्षेत्र नं २ र बझाङ १ (क) का लागि कसलाई उम्मेद्वार बनाउने भन्ने विषय टुंग्याउने छ ।

इलाममा काँग्रेसले जिल्लाबाट शिफारिस भएका मध्ये सबैभन्दा बढी पपुलर उम्मेद्वारलाई  उठाउन पार्टीका महामन्त्री विश्व प्रकाश शर्मा र पार्टी सहमहामन्त्री भिष्मराज आङ्दम्बेलाई जिम्मा दिने तयारी गरेको छ ।

उपनिर्वाचनका लागि अरु दलहरुले उम्मेद्वारको टुंगो लगाइ सकेका छन ।

इलाम-२ मा एमालेले पूर्व सभामुख स्वर्गीय सुवास नेवाङ्गका छोरालाई उम्मेद्वार  बनाउने निर्णय गरेको छ भने रास्वपाले मिलन लिम्बूलाई उम्मेद्वार बनाउने निधो गरेको छ।

उता गठबन्धन दलहरुबाट साझा उमेद्वार बन्न नसकेपछि माओवादी केन्द्रले भने अझै उम्मेद्वारको तय गर्न सकेको छैन ।

सत्ता साझेदार दलहरुबाटै अलग अलग उमेद्वार बनेपछि इलाममा काँग्रेसले आफ्नो उम्मेद्वारलाई विजयी बनाउने ढंगले उम्मेद्वारी तय गर्ने गृहकार्य गरिरहेको दावी काँग्रेसको छ।

यसअघि एमालेबाट निर्वाचित सुवास नेवाङ्गको निधन भएपछि इलाम-२ मा उपनिर्वाचन यही बैशाख १५ गते हुन लागेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.