बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई तेश्रो पटक विश्वासको मत

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले तेश्रो पटक पनि विश्वासको मत पाउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले सोमबार बसेको प्रदेश सभा बैठकमा राख्नु भएको विश्वासको मत सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको हो । १ सय १० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत सम्बन्धि पक्षमा ५६ मत परेको सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो ।विश्वासको मत पाउन ५६ सांसदको समर्थन चाहिनेमा उहाले ५६ मत नै पाउनुभएको हो ।

उहालाई नया सत्ता समिकरणका ४ दलले पक्षमा मतदान गरेका थिए । नेकपा एमाले (२७), नेकपा एकीकृत (७)समाजवादी, नेकपा माअओवादी केन्द्र(२१) हाम्रो नेपाली दल (१) का सासदले मतदान गरेका थिए ।

प्रस्तावको विपक्षमा ३७ मत परेको छ। नेपाली काग्रेसका सबै सांसदले विपक्षमा मतदान गरे । राप्रपा र नेमकिपाले तटस्थ रही निर्वाचन प्रकृयामा सहभागिता जनाएनन् । राप्रपाका सभामुख सहित बागमतीमा १३ र नेमकिपाका ३ सासद रहेका छ्न ।

बैठकमा २ जना अनुपस्थित भएको सभामुख पाठकले बताउनुभेयो । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

२०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नियुक्त हुनुभएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो ।तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.