खजुरामा श्रीमान-श्रीमतीमाथि धारिलो हतियार प्रहार

बाँके- बाँकेको खजुरा गाउँपालिकामा श्रीमान्‌-श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको बेला सो घटना भएको पाइएको छ ।

बाँके प्रहरीका अनुसार खजुरा–३ बि गाउँका अन्दाजी २५-२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो । उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ ।

उनिहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताउनुभयो ।

उहाँले अनुसार दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । आईतबार मात्र नेपालगञ्ज-२१ मा घाँटी रेटिएर फालिएको अवस्थामा युवकको शव फला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.