पाल्पामा असिना पानिले तरकारी र सुन्तलामा करोडौको क्षति

पाल्पा- पाल्पामा गत शनिबारदेखि परेको निरन्तरको हावाहुरीसहितको असिना पानीले तरकारी बाली र सुन्तलामा करोडौ रुपैयाँको क्षति भएको छ । हावाहुरी र असिना पानीले तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति भएको हो ।

हावाहुरी र असिनाको कारण सबैभन्दा बढी सुन्तला खेती र अकबरे खुर्सानी खेतीमा नोक्सानी भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लामा गत सिजनमा ४६ करोडको सुन्तला र १० करोड बराबरको अकबरे सुन्तलाको कारोबार भएको थियो ।

पछिल्लो समय अकबरे खुर्सानीबाट आफ्नो पहिचान बनाएको रिब्दिकोट ,बगनासकालि, रैनादेवी छहरा र माथागढी गाउँपालिकामा अकबरे खुर्सानीको ७ लाख बिरुवा नष्ट भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोस कुमार चौधरीले बताउनुभयो ।

यता जिल्लाको बगनासकाली, तानसेन र पुर्वखोला गाउँपालिकामा पनि सबैभन्दा बढी नोक्सानी सुन्तला खेतीमा भएको छ । अत्यधिक असिना परेको कारण अधिकांश सेतै फूलेको फूल भुइँमा खसेको छ ।

यकिन क्षतिको विवरण संकलन भइरहेकोले क्षति अझै बढ्न सक्ने पालिकाहरूले अनुमान लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.