आज ६७औं राष्ट्रिय सहकारी दिवस

काठमाडौं- सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस आज मनाइँदै छ । वि.सं. २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै सहकारी दिवस मनाउने गरिएको छ ।

हाल देशमा करिव ३० हजारको संख्यामा सहकारी रहेको तथ्याङ्क छ । यस क्षेत्रमा झण्डै ६० लाख सदस्य रहेको बताइएको छ । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा ५ लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको सहकारी अभियन्ताहरूको दाबी छ ।

सहकारीको संख्यात्मक विकास भएपनि गुणस्तर भने बढ्न सकेको छैन । अधिकांश संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । यसैगरी सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान गर्न सकेका छैनन् ।
सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै गुणस्तरमा जोड दिनुपर्नेमा सहकारी अभियन्ताहरू सहमत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.