काभ्रेमा विद्यार्थी अभावमा बन्द हुँदै विद्यालय

काभ्रे- काभ्रेपलाञ्चोकको चौँरी देउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा विद्यालय मात्रै सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएको छ ।

उक्त गाउँपालिकाको स्वस्थानी माविसँगै अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ वटा विद्यालय बन्द भइसकेका छन् । विद्यार्थीको अभाव हुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले बताउनुभयो ।

गाउँपालिकाका बाह्रवटा माध्यमिक तहका विद्यालयमध्ये अहिले दश वटा सञ्चालनमा छन् । गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो । त्यसैगरी प्राथमिक तहका १५ विद्यालय र आधारभूत तहका आठवटा विद्यालय बन्द भएका छन् ।

विद्यार्थीको सङ्ख्या बर्सेनी घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ । आगामी शैक्षिक सत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको समेत बताइएको छ ।

विद्यालय बन्द भएपछि गाउँपालिकाले नजिकको विद्यालय जनाउँदै तोकिदिएको विद्यालय जान पहिलेको भन्दा टाढा हिँडेर जानुपर्ने वाध्यता विद्यार्थीहरुलाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.