पाल्पामा आगलागीबाट एकै दिन २४ घर जोठ जलेर नष्ट

पाल्पा- पाल्पामा हिजो भएको आगलागीबाट २४ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्स्थित खुमडाँडा, बाँसडाँडा र रेडीमा १६ घर जलेर नष्ट भएको हो ।

वडा अध्यक्ष धनबहादुर घर्तीका अनुसार खुमडाँडाका पाँच, बाँसडाँडाका छ र रेडीका पाँच घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो वनमा लागेको आगो बढेर बेलुकी गाउँमा पस्दा घरहरू जलेको वडाअध्यक्ष घर्तीले बताउनुभयो ।

यस्तै रामपुर नगरपालिका ४ र ५ लागेको आगोले ८ घरगोठ जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी, सेनाको सहयोगमा आगो निभाएका छन् । आगोलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, बहुमुल्य गरगहना, पैसा जलेको पीडित परिवारले जनाएका छन् ।

आगो निभाउन हावाहुरीका कारण निकै समस्या भएको स्थानीयले बताएका छन् । जङ्गलमा लागेको आगो पुनः बस्तीमा आउने जोखिम उत्तिकै रहेको पनि स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.