सामुदायिक विद्यालय अब्बल बनाउन विद्यालयमा निशुल्क बस सेवा सुरु

रसुवा- गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नोर्पु तामाङले बताउनु भयो ।

रसुवाको दुर्गम भेगमा रहेका तामाङ समुदायका बालबालिकालाई लक्षित गरि निशुल्क बस सेवा संन्चलन गरिएको हो । गाँउपालिकाले २९ लाख ६२ हजार रुपैंयामा खरिद गरि रसुवा माध्यमिक बिध्यालयलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

निशुल्क बस सेवा सञ्चालनमा आएसँगै बिद्यालय सेवा क्षेत्रभित्र रहेका बिपन्न परिवारका छात्रछात्राहरु बस चढेर बिद्यालयसम्म पुग्न पाउँदा खुसी भएका छन् । बस सञ्चालनले विद्यालय सम्मको आवागमन सहज तथा छिटो छरितो हुने भएपछि विद्यार्थी र अभिभावक दंग छन् ।

गाँउपालिकाले बार्षिक रुपमा लाग्ने इन्धन, मर्मत तथा चालक सहचालक सहितको सम्पूर्ण खर्च गोसाँईकुण्ड गाँउपालिकाले गर्ने गरि बस सञ्चालनमा ल्याईएको गाँउपालिकाले जनाएको छ ।

बिद्यालयमा सञ्चालन भएको निशुल्क बस सेवाले विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.