सभामा विश्वास मत लिने वा नलिने निर्णय मुख्यमन्त्रीको निर्णयमा भर पर्छ:काँग्रेस

काठमाडौँ- कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने नलिने निर्णय गर्ने अधिकार नेपाली काँग्रेसले मुख्यमन्त्री केदार कार्कीलाई नै दिएको छ ।

आज विराटनगर स्थित प्रदेश सभा भवनमा पत्रकार सम्मेलन आयोजना गरी नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने नलिने अधिकार मुख्यमन्त्रीलाई भएकाले उहाँको निर्णयमा आफुहरुको सहमति रहने जानकारी दिनुभयो ।

उहाँले बैशाख ५ गते बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले अल्पमतमा परिसकेपछि मार्ग प्रशस्त गर्न सुझाव दिएको भएपनि मुख्यमन्त्रीले नमानेपछि उहाँलाई विश्वासको मत लिने नलिने स्वविवेकीय अधिकार छोडिदिएको जानकारी दिनुभयो ।

फरक प्रसंगमा प्रमुख सचेतक गोपाल तामाङले बैशाख २५ गते पछि अन्यौलग्रस्त कोशी प्रदेशको राजनीति क्रमश लयमा फर्किने जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विशेषाधिकार हनन बारे उठेको विवाद पनि समाधान हुने बताउनु भयो ।

कोशी प्रदेशमा बैशाख २५ गते भित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिए बैशाख २६ गते नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रक्रिया थाल्न प्रदेश सभाको विशेष अधिवेशनले संकल्प प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.