सुनकोसी मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग ब्रेक थ्रु भोलि

 सिन्धुली- प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड आज सिन्धुली आउनुहुने भएको छ ।

भोलि बुधबार रास्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग ब्रेक थ्रु गर्न प्रधानमन्त्री आजै सिन्धुली आउन लागेको सुरक्षा श्रोतले जनाएको छ । प्रधानमन्त्री आजै सिन्धुली आउनु हुने छ, प्रमुख जिल्ला अधिकारी भरत खनाले भन्नुभयो, उहाको आज सार्बजानिक कार्यक्रम केही छैन भोलीको ब्रेकको कार्यक्रमकै लागि आज आउन लाग्नु भएको हो ।

सुनकोसी गाउपालिका ७ कानढुङ्ग्री भन्ने स्थानमा भोलि २६ गते बिहान ११ बजेबाट १ बजेसम्म प्रधानमन्त्रीले ब्रेक थ्रु गर्ने कार्यक्रम भएकाले प्रधानमन्त्री दाहाल सिन्धुली आउन लागेको आयोजनाले जनाएको छ । तराईका ६ जिल्लामा सिचाई सुविधा पुर्याउन सरकारले सुनकोसीको पानी तराईमा लैजान तिब्र गतिमा काम गरि समय अगाबै सुरुङ्ग तर्फ ब्रेक थ्रु गर्न लागेको आयोजनाले जनाएको छ । सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना अन्तर्गत सिन्धुलीको कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माणको काम सकिएपछी प्रधानमन्त्री दाहालले एक औपचारिक कार्यक्रमका बिच ड्याम साइड तर्फबाट ब्रेक थ्रु गर्न लाग्नुभएको हो ।

सुनकोसी गाँउपालिका ७ कानढुग्री भन्ने स्थानमा पर्ने सुनकोसी नदीमा ड्याम निर्माण गरि सुनकोसीको पानी मरिण खोला हुदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाधमा पुर्याइ सिचाई सुविधा बढाउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ । तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्याउने आयोजनाको उद्देश्य हो । हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ ।

सुनकोशी–मरिन–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुग्ने छ । यसका साथै यो आयोजनाबाट ३१ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । आयोजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमका अनुसार सुरुङ्ग तर्फको निर्माणको काम सकिएकाले ब्रेक थ्रु गर्न प्रधानमत्री आजै सिन्धुलिको सुनकोसी गाउपालिका स्थित मुलकोट्को एक रिसोर्टमा बास बस्ने गरि आउन लाग्नुभएको हो ।

सुरुङ निर्माणको काम चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले गरेको हो । ४९ अर्ब ४२ करोड रुपैया लागतमा सम्पन्न हुने यस आयोजनाको सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको थियो । सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ ।

त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ मेगावाट विद्युत उत्पादन गरिने आयोजना निर्देसक मित्र बरालले जानकारी दिनुभयो । २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको आयोजनाको कामअन्तर्गत सुरुङ तर्फ कोभेकले काम गरेको छ भने बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले संयुक्त रुपमा गरिरहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.