गगन थापाले ऋण मागेको प्रमाण दिए म राजनीति छोडन तयार छु: गृहमन्त्री लामिछाने

काठमाडौँ-  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई कुनै सहकारीमा आफुले निवेदन लिएर ऋण लिएको  प्रमाण देखाउन चुनौति दिनु भएको छ ।

संसद् स्थगित भएर बाहिरिँदै गर्दा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले काग्रेस महामन्त्री थापाले आफु विरुद्ध संगिन आरोप लगाएको भन्दै आफुले कुनै सहकारीमा निवेदन दिएर ऋण लिएको कुनै प्रमाण देखाए आफू समिति मात्र होइन राजनीति नै छाड्ने भन्दै प्रमाण देखाउन चुनौति दिनु भएको हो ।

‘माननीय गगन थापाले आज गृहमन्त्रीले आफैँले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती छ, उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति  कुनै ठूलो कुरा होइन, त्यो प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ । गृहमन्त्री लामिछानेले पत्रकारसँग गर्नुभयो ।

गृहमन्त्री लामिछानेले आफुलाई सदनमा बोल्न दिने कुरामा काँग्रेस डराउन नपर्ने बताउनु भयो  । उहाँले सदनबाट भएको खेदाईको जवाफ आफुले सदनबाट दिने भन्दै सदनमा बोल्न पाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.