भरतपुरमा अज्ञात समूहद्वारा स्कूल बसमा आगजनी

चितवन- भरतपुरमा एउटा स्कुल बसमा आगजनी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित द्रहानि पुलमा अज्ञात समूहले स्कूल बसमा आगजनी गरेको हो ।

भरतपुरस्थित कल्याणपुरमा रहेको स्कुलबाट विद्यार्थी ओसार्न अमृतनगर गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बसलाई रोकी पेट्रोल छर्किएर आगजनी गरेको बताइएको छ । उनीहरु आगजनी गरेर फरार भएका छन् । आगजनीबाट स्मल हेभन स्कूलको बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।

प्रध्यानाध्यापक न्यौपानेले कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताउनुभयो । सो स्कूल काठमाडौंको लिटल एन्जल्सको समन्वयमा चलेको स्कुल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.