राष्ट्रपति र प्रधानमन्त्रबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ ।

आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहँदा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नुभएको छ ।

संसदको अबरुद्ध बैठक खुलाउने विषयमा दलहरुबीच सहमति बन्न नसक्दा सरकारले संसदमा ल्याउेन नीति तथा कार्यक्रम पनि प्रभावित हुेन चर्चाका बीच राष्ट्रपति-प्रधानमन्त्री भेट भएको हो ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नतालाई लिएर संसदीय छानवीन समिति बनाउनुपर्ने अडान कायम राखेपछि संसदको बैठक प्रभावित हुँदै आएको छ ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.