मधेश सरकारबाट बाहिरियो माओवादी,मन्त्रीहरुले बुझाए राजीनामा

धनुषा- मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाए संगै मधेस सरकारबाट माओवादी केन्द्र बाहिरिएको हो ।

मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर आज राजीनामा बुझाएका हुन ।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न स्वीकार गर्नु भएको थिएन । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए । माओवादी केन्द्रले राजीनामा बुझाए सँगै समर्थन मुख्यमन्त्रीलाई दिएको समर्थन  फिर्ता लिने नलिने भन्ने विषयमा भने बैठक बसेर निर्णय लिइने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.