दुई जना प्रदेश सभा सदस्य नयाँ जसपामा

दाङ- लुम्बिनी प्रदेश सभाका दुई जना प्रदेश सभा सदस्यले नवगठित जनता समाजवादी पार्टीमा जाने निर्णय गर्नुभएको छ।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर जसपाको पक्षमा सनाखत गर्नु भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी मिनु कवरले जानकारी दिनुभयो ।

अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

सरकार गठन हुदा भएको लिखित सहमती कार्यान्वयन नभएको भन्दै अहिले मन्त्री पदबाट राजिनामा गर्नु भएको थियो । तर, उहाँको राजीनामा स्विकृत भएको थिएन् ।

जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिनुभको थियो । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुनु भएको थियो ।

लुम्बिनी प्रदेशमा जसपाका तीन जना सांसद हुनुहुन्छ । समानुपातीक सांसद अम्बिका काफ्ले भने जसपाको संस्थापन पक्षमा रहेको जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.