सबै संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने तयारी भैरहेको छ-प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरी सहमति खोज्ने प्रयास भइरहेको बताउनुभएको छ ।
आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोहि व्यक्तिलाई नतोकी समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरी समिति बनाउन कांग्रेससँग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मंगलबारसम्म संसदको गतिरोध हटाउने बिषयमा सहमति हुने दावी गर्नुभयो ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जिबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरामा कुनै आधार नभएको टिप्पणी गर्नुभयो ।
कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुनेसमेत बताउनुभयो ।
यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सवै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको भनाइ प्रधानमन्त्रीको थियो ।।






प्रतिक्रिया राख्नुहोस्