ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, पाँच घाइते

दैलेख- दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी दुल्लु नगरपालिका–६ का ५५ बर्सिया मानबहादुर रावलको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको ट्याक्टर आइतबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी घाइते भएका दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ बर्सिया कमारो रावल, ४८ बर्सिया दानबहादुर रावल, ६० बर्सिया छविलाल रावल, ३४ बर्सिया प्रेमबहादुर रावल र ३१ बर्सिया ललित खड्का मध्ये तीन जनाको थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको दाहालले जानकारी दिएका छन् । सामान्य घाईते दुई जनाको दुल्लु अस्पताल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.