तीन जिल्ला जोड्ने झोलुङ्गे पुल बन्दै

झापा- इलाम, झापा र मोरङ्ग जिल्लाको संगमस्थल ढुङ्गेमा निर्माण थालेको झोलुङ्गे पुल लामो समय पछि निर्माण हुन थालेको छ । कोरोना कहर लगायत विभिन्न कारणले रोकिएको पुल बर्षात अगावै सकिने निर्माण कम्पनि जगदम्भा, रुजन र युनिकर्न जेभीका सुपर भाइजर बद्रि खड्काले बताउनु भएको छ ।

चुरे क्षेत्रको मावा खोलामा पहिलो पटक बन्न लागेको पुल विना भ्याट १ करोड ९० लाख रुपयाँमा ठेक्का लागेको हो । निर्माण थालेर लामो समय काम रोकिएको पुल अव भने बन्लाकी भन्ने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।

झापा जिल्लामा पूर्वाधार कार्यालयमार्फत यो बर्ष १० वटा मोटरेवल पुल निर्माण भएका छन् । यस्तै यो बर्ष मात्र ८ वटा अन्य झोलुङ्गे पुल निर्माण गरिने पूर्वाधार कार्यालयका सूचना अधिकारी इन्जिनियर उत्तम नारायण खरेलले बताउनु भयो ।

जिल्लाको दुर्गम क्षेत्रमा पछिल्लो समय खोला तथा नदिको उच्च जोखिम क्षेत्रमा पुलहरु निर्माण र थप्नेक्रम बढेको छ । तर समयमा काम नहुँदा भने समस्या हट्न नसकेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.